७ पुष २०८१, आईतवार

एमालेका सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी


नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरू विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।