अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो ।
पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ । आज मतदान भएसँगै यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ ।
कमला ह्यारिस गत जुलाई महिनाको अन्त्यतिर प्रतिस्पर्धामा आएदेखि नै राष्ट्रव्यापी सर्वेक्षणहरूका औसत मानमा उनलाई डोनल्ड ट्रम्पभन्दा केही अगाडि देख्न थालियो।
उनले निरन्तर आफ्नो अग्रता कायम राखेकी छन्।
तलको तालिकाले ह्यारिस र ट्रम्पले पाएको समर्थन देखाउँछ। यसमा प्रतिशतलाई दशमलवमा नभई नजिकैको पूर्ण सङ्ख्यामा प्रस्तुत गरिएको छ।
निर्वाचन अभियान थालेपछि सुरुका केही साताहरूमा उनीप्रति समर्थन बढेको देखियो। अगस्ट महिनाको अन्तिमसम्म आइपुग्दा उनले झन्डै चार प्रतिशतको अग्रता कायम गरिन्।
विगत केही दिनयता प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ। तलको चित्रले त्यसलाई देखाउँछ। विभिन्न रङ्गमा प्रस्तुत रेखाले मुख्य तीन उम्मेदवारका पक्षमा अभिव्यक्त मतको औसत मान र बिन्दुले प्रत्येक सर्वेक्षणमा उनीहरूले प्राप्त गरेको समर्थनको प्रतिशत सङ्केत गर्छन्।
देशभरिका सबै राज्यसँग कुल ५३८ इलेक्टोरल कलेज मत हुन्छ। निर्वाचन जित्न २७० इलेक्टोरल कलेज मत पाउनैपर्छ।