७ पुष २०८१, आईतवार

फैसलाको पूर्णपाठ आएपछि आफै उपस्थित हुनेछु


गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दामा पूर्णपाठ आएपछि अदालतमा हाजिर हुने बताएका छन् ।

व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतबाट पनि पाँच वर्ष कैद सजाय भएपछि उनी सम्पर्कविहीन हुँदै आएका थिए । यसअघि उनलाई पुनरावेदन अदालत, पाटनले पाँच वर्ष कैदको सजाय कायम गरेको थियो ।

सांसद गुरुङले आज एक विज्ञप्ति जारी गर्दै उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अदालतमा उपस्थित हुने जनाएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’