९ आश्विन २०८०, मंगलवार ०९:३९
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कबिराज अधिकारी नियुक्त भएका छन् । सर्ट लिष्टमा रहेका तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी कोषको कार्यरी निर्देशक बनेका हुन् । कार्यकारी निर्देशक छनोट समितिले मितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी...
९ आश्विन २०८०, मंगलवार ०९:२३
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी...
९ आश्विन २०८०, मंगलवार ०९:२०
एउटा भनाइ छ, अहम्मा रहेकाले केही देख्दैन । तर तपाईंको अहम्मा अरूले धेरै कुरा देख्छन् । चुनावका बेला गरिबको पक्षमा गीत गाएर मेयर जितेका बालेन साह र यतिबेला गरिबका पक्षमा उभिएरै आन्दोलन गरिरहेका अभियान्ता ईःबीच प्रतिष्ठाको लडाइँ सोमबार सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको...
९ आश्विन २०८०, मंगलवार ०९:१४
काठमाडौँ । विशेष अदालतले पूर्वपर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले उनको सम्पत्ति र वैधानिकरूपमा आर्जन गरेको सम्पत्तिबिचमा स्रोत पुष्टि हुन नसकेको भन्दै...
८ आश्विन २०८०, सोमबार २०:५३
काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई:को स्वास्थ्यमा गम्भीर समस्या देखापरेको छ । गत मंगलवारदेखि राष्ट्रिय सभागृहको गेटमा छ दिन लगातार उभिँदा ईःका खुट्टा सुन्निएर डम्डम्ती भएका छन् । उनलाई अब बस्नसमेत गाह्रो हुने गरी कम्मर कटकटी...
८ आश्विन २०८०, सोमबार ०८:४२
“नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री पुष्पकमल...
८ आश्विन २०८०, सोमबार ०८:३४
नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको...
८ आश्विन २०८०, सोमबार ०८:२७
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी बैंकबाट बाहिरिने भएका छन् । सीईओको रुपमा ४ वर्षको कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन् । स्रोतका अनुसार अधिकारीको सीईओको रुपमा दोहोरिने सम्भावना न्यून छ । वि.सं. २०७६ असोज १४ गते नेपाल...
८ आश्विन २०८०, सोमबार ०८:१८
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो । भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै...