२६ श्रावण २०८३, सोमबार
   Aarthik Wave

गुजरातबाट ५०० भन्दा बढी बङ्गलादेशी आप्रवासी पक्राउ

१४ बैशाख २०८२, शनिबार २०:४९

नक्कली कागजातका साथ भारतमा बसोबास गरेको आरोपमा बङ्गलादेशका ५५० भन्दा बढी अवैध आप्रवासीहरूलाई अहमदाबाद र सुरतमा हिरासतमा लिइएको गुजरात प्रहरीले शनिबार जनाएको छ। प्रहरी अधिकारी अनुसार प्रमाणिकरण तथा सोधपुछ भएपछि निर्वासन कार्यवाही हुनेछ। विशेष परिचालन समूह (एसओजी) अपराध शाखा, मानव...

काठमाडौंमा आइतबार शोक बिदा

१४ बैशाख २०८२, शनिबार २०:४०

काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ । नगर पञ्चायतका उपप्रधानपञ्च तथा नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेका तीर्थराम डंगोलको निधनमा काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै डंगोलले सहर...

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

१४ बैशाख २०८२, शनिबार २०:३२

सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । आज बिहान बसेको सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । शनिबार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो ।...

अपराजित ललितपुर दोस्रो पटक एनएसएल च्याम्पियन

१४ बैशाख २०८२, शनिबार २०:२२

साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई २–१ गोलले पराजित गर्दै उपाधि उचालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुर विजयी बनेको हो। ललितपुरका लागि इमो इजिकेलले पहिलो गोल गर्दै टोलीलाई सुरुआती अग्रता...

एमसीसी बन्द हुँदा नेपालमा कस्तो असर पर्ला ?

१३ बैशाख २०८२, शुक्रबार ०९:२२

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अब केही महिनाभित्रै बन्द हुने भएको छ । गरिब तर स्थिर मुलुकहरूको आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले अमेरिकाले ल्याएको एमसीसी परियोजनालाई बन्द गर्नका लागि ट्रम्प प्रशासनले निर्देशन दिइसकेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन...

आइतबारदेखि काठमाडौं उपत्यकामा बदली हुने

१३ बैशाख २०८२, शुक्रबार ०९:१९

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। यो क्रम भोलि (शनिबार)सम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ। आज...

आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१३ बैशाख २०८२, शुक्रबार ०९:१४

सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद्...

अदालतले भन्यो : ३ दिनभित्र विद्यालय खोलेर पढाउने वातावरण मिलाउनू [आदेशसहित ]

१२ बैशाख २०८२, बिहीबार २०:३२

काठमाडौँ । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको छ। आज बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरेको हो । ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय...

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

११ बैशाख २०८२, बुधबार ०९:०४

भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् । धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको...

ताजा समाचार