१० पुष २०८१, बुधबार

अधिक तरलताले बैंकहरू समस्यामा, अन्तरबैंक ब्याजदर जम्मा १ दशमलव १ प्रतिशतसम्म


राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा  ५७ खर्ब १३ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको छ ।

सोमबारसम्मको तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । आइतबारको तुलनामा यो २ अर्बले कम हो। आइतबार यस्तो निक्षेप ५७ खर्ब १५ अर्ब रहेको थियो।

वाणिज्य बैंकहरुसँग मात्रै ५० खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यता, सोमबारसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा ४८ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४३ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

सोमबारसम्मको तथ्यांक अनुसार सीडी रेसियो भने ८२.११ रहेको छ । आइतबार ८२.०३ रहेको थियो। बैंकहरुको अन्तर बैंक ब्याजदर पनि सोमबारसम्म आउँदा १.१० रहेको छ। आइतबार १.३६ प्रतिशत रहेको थियो।

केन्द्रीय बैंकल नियमित रुपमा निक्षेप तथा कर्जा प्रवाहको तथ्यांक उपलब्ध गराएको छैन। तसर्थ यो सोमबारसम्मको मात्रै हो। बैंकले उक्त तरलता प्रर्याप्ततालाई अध्ययन गर्दै हिजो मंगलबार र आज बुधबार ४० अर्ब रुपैयाँ रकम बैंङ्कीङ प्रणालीबाट रिर्भस रिपोमार्फत खिचेको छ।