७ पुष २०८१, आईतवार

हाम्रो टिभी नेटको अनुमतिपत्र खारेज


नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी हाम्रो टि.भि. नेट प्रा.लि.को अनुमतिपत्र खारेज गरेको छ । नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेको कारण देखाउँदै उक्त कम्पनीको लाइसेन्स खारेज गरेको प्राधिकरणले जनाएको छ ।

नविकरणको लागि चाहिने विवरण सहित सम्पर्कमा आउन पटक–पटक पत्राचार गर्दा समेत नआएपछि दूरसञ्चार ऐन, २०५३ बमोजिम वि.सं. २०७८ पुस १० गतेदेखि अनुमतिपत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

साथै, कम्पनीले नियमानुसार तिर्न र बुझाउन पर्ने रकम यो सूचना जारी भएको मितिले ३० दिन भित्र दाखिला गर्न आग्रह गरेको छ । अन्यथा असुलिका लागि प्रचलित कानून बमोजिम अघि बढ्ने प्राधिकरणले बताएको छ ।

हाम्रो टि.भि. नेट प्रालिले २०७३ पुस ११ गते इन्टरनेट तथा ईमेल सेवा सञ्चालनका लागि प्राधिकरणबाट अनुमतिपत्र पाएको थियो ।