भारतको सबैभन्दा ठूलो प्रविधि कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (TCS) ले आफ्ना केही कर्मचारीहरूसँग सम्बन्धित डाटा सार्वजनिक वा लिक भएको हुनसक्ने ‘थ्रेट अलर्ट’ (Threat Alert) प्राप्त भएको जनाएको छ।
यद्यपि, यो घटनाबाट कम्पनीका ग्राहकहरूको विवरण वा मुख्य सञ्चालन प्रणाली (Customer Data & Operational Systems) मा कुनै असर नपुगेको टीसीएसले प्रस्ट पारेको छ।
कम्पनीका अनुसार बाहिरिएको भनिएको विवरण करिब चार वर्षभन्दा पुरानो हो र यसमा कर्मचारीका सामान्य/आधारभूत जानकारीहरू मात्र समावेश छन्।
यो सम्भावित साइबर आक्रमणविरुद्ध कम्पनीसँग विगत दुई वर्षदेखि पर्याप्त सुरक्षा प्रणाली (Safeguards) सक्रिय रहेको र हालको जाँच अनुसार सुरक्षा प्रणाली पूर्ण रूपमा प्रभावकारी रहेको टीसीएसले उल्लेख गरेको छ। कम्पनीले हालको वातावरण र प्रणालीलाई सूक्ष्म रूपमा निगरानी गरिरहेको जनाएको छ।