७ पुष २०८१, आईतवार

ओलीको प्रश्न- शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको छ, यो चानचुने कुरा हो?


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको आरोप लगाएका छन् ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको समेत बताएका छन् ।

हामी सधैँ भ्रष्टाचारको विपक्षमा छौँ। छानबिन होस भन्ने पक्षमा छौँ। निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छु। दोषी उम्काउने र निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ किनभने यो कुरा भोलि अझ भयावह रूपमा निस्कन्छ।”

उनले थपे, “आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिँदैन। ९७५ जना मान्छेसँग पैसा उठाइएको छ। यो चानचुने कुरा हो? त्यसकारण यो भोलि पनि निस्कन्छ।”

शरणार्थी प्रकरणमा नेपालमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, बहालवाला सचिव सहित कैयौँ उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको  छ ।