९ पुष २०८१, मंगलवार

आर्थिक मन्दी: प्रमुख व्यापारिक नाकाबाटै उठेन चित्तबुझ्दो राजस्व


काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट निकै कम राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य रु चार अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली रु दुई अर्ब ५४ करोड १४ लाख दुई हजार चार सय ८२ सङ्कलन भएको तथ्यांकले जनाएको छ ।

तातोपानी नाकाबाट विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।

नेपालको योपटकको आर्थिक सूचक खासै राम्रो छैन ।

नेपालको व्यापार घाटा पनि योपटक झन् घटेको छ ।

आर्थिक सूचकहरू अवस्था खासै राम्रो नभएका कारण देशमा आर्थिक मन्दीको कुरा पनि चलिरहेको देख्न सकिन्छ ।