९ पुष २०८१, मंगलवार

सरकारले बढायो फेसबुक, युट्युब र टिकटकबाट आउने पैसामा कर, अब कति तिर्ने?


सरकारले फेसबुक, युट्युब र टिकटकबाट आउने पैसामा लाग्ने कर बढाएको छ ।

हिजो सोमबार आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सामाजिक सञ्जालबाट आउने पैसामा लाग्ने कर बढाएको जानकारी गराएका हुन् ।

यसअघि यस्तो रकममा बैंकले एक प्रतिशत करकट्टी गरी जम्मा गर्ने व्यवस्था रहेको थियो ।

सरकारले इकमर्स अपरेटरमार्फत बिक्री गरेको वस्तु तथा सेवा बिक्री गरी सो बापतको रकम इकमर्स अपरेटरले वस्तु वा सेवाधनीलाई भुक्तानी गर्दा सो रकममा एक प्रतिशत अग्रिम करकट्टी गर्नुपर्ने नयाँ व्यवस्था ल्याइएको छ ।