७ पुष २०८१, आईतवार

बजेटको २९ नम्बर बुँदा खारेजीको सहमति भएपछि लगानीकर्ताले गरे आन्दोलनका कार्यक्रम फिर्ता


आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्ता सकिएको छ ।

सरकारले आर्थिक विधेयकमार्फत ल्याएको नयाँ कर नीति खारेज गर्ने सहमति भएपछि शेयर लगानीकर्ताले आफ्नो आन्दोलन फिर्ता लिएका छन् ।

आइतवार अर्थमन्त्रालयमा शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीहरू बीच भएको वार्ता सहमतिमा टुंगिएको हो । करसम्बन्धी उल्लेख गरिएको बजेटको २९ नम्बर बुँदा संसदीय समितिमा लगेर निष्क्रिय पार्ने आश्वासन पाएपछि आन्दोलन फिर्ता भएको हो ।

अब ५ प्रतिशत र साढे ७ प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम कर मानिनेछ । वातार्मा अर्थमन्त्रीसहित राजस्व सचिव, आन्तरिक राजस्व विभागका महानिर्देशकलगायतको सहभागि थिए ।

सरकारी नीतिको विरोध गर्दै लगानीकर्ताले आइतबार बिहानैदेखि सबै ब्रोकर हाउसहरुमा तालाबन्दी गरेका थिए । अर्थमन्त्रीसँगको वार्ता सकारात्मक भएसँगै अब कारोबार पुनः सुचारु हुने भएको छ ।