२९ मंसिर २०८२, शनिबार
   Aarthik Wave

रसुवा बाढी : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

२५ असार २०८२, मंगलवार ०८:५७

मंगलबार बिहान भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाकालाई तहस-नहस बनाइदिएको छ। घटनामा ३ जना सुरक्षाकर्मी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक गरी १८ जना सम्पर्कविहीन छन्। तर यो केवल ‘प्राकृतिक विपत्ति’ मात्रै होइन, पूर्वतयारीको चरम अभावको कटु परिणाम...

इयरफोनले खोस्यो ज्यान : धनुषामा रेलको ठक्करबाट एक युवकको मृत्यु

२४ असार २०८२, सोमबार १९:४६

धनुषाको ललिता निवास–कुर्था रेलमार्गमा सोमबार बिहान भएको एक दर्दनाक दुर्घटनामा ४० वर्षीय विनोद साहको ज्यान गएको छ। लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका साह जयनगर–जनकपुर रेल मार्गको देउरी परवाहा स्टेशन नजिक रेलको लिकमा हिँड्दै गर्दा उनीलाई रेलले ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय...

ललिता निवास प्रकरण : माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ

२४ असार २०८२, सोमबार १९:४१

ललिता निवासको चर्चित जग्गा हिनामिना प्रकरणमा प्रत्यक्षरूपमा मुद्दा नचलाइएका पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल अब सर्वोच्च अदालतसमक्ष लिखित जवाफ दिनुपर्ने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संयुक्त इजलासले बिहीबार आदेश दिँदै उनीहरूलाई रिट निवेदनसम्बन्धी प्रतिरक्षाको अधिकार प्रयोग गर्न...

राजश्वमा ४० प्रतिशत सवारी करको योगदान

२१ असार २०८२, शुक्रबार २१:२८

भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी साधनले ओगटेको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजश्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ। प्रमुख...

सावधान! डेङ्गुले यस वर्ष ६० हजार नेपालीलाई समात्न सक्ने खतरा

२१ असार २०८२, शुक्रबार २१:२५

इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ। यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ। महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न...

१००% नतिजासहित शिक्षामा गुणस्तरता र प्रतिबद्धताको उज्यालो नमुना — एभरग्रिन विद्यालय

१९ असार २०८२, बुधबार २०:३८

रसुवास्थित नमुना एभरग्रिन आवासीय माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालयका जम्मा १४ जना विद्यार्थी सहभागी रहेका यस परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भई विद्यालयले शतप्रतिशत नतिजा ल्याएको हो। विद्यालयका प्रधानाध्यापक सुधन...

एसईई नतिजा : चित्त नबुझे, कहाँ जाने के गर्ने?

१८ असार २०८२, मंगलवार २०:४५

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझेको विद्यार्थीलाई पुनर्योग (रिटोटलिङ) का लागि आवेदन खुलाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले आइतबार सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुलाएको हो । लागि २३ असार...

ओलीको कूटनीतिक दौड: दुई महादेश, दुई प्रधानमन्त्रीसँग भेट

१८ असार २०८२, मंगलवार ०८:४४

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग सोमबार द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो ।...

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

१८ असार २०८२, मंगलवार ०८:४१

चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको...