१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

बागमती प्रदेशसभाको बैठक आज बस्दै

३१ बैशाख २०८१, सोमबार ०९:२२

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय...

आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा

३१ बैशाख २०८१, सोमबार ०९:१०

गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने माग राख्दै केसीले सुरु गरे २२ औं अनशन

२९ बैशाख २०८१, शनिबार २२:२०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको...

राजनीति रविले छाड्ने कि गगनले ?

२९ बैशाख २०८१, शनिबार २२:०५

नेपाली काँग्रेसले गरेको निरन्तर संसद अवरोधलाई गम्भीर रुपमा लिएर शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका...

‘सक्किगोनि’ टिमले फिल्म बनाउँदै, तोकियो प्रदर्शनको मिति

२८ बैशाख २०८१, शुक्रबार १४:५९

काठमाडौँ । कैयौं दर्शकहरुले रुचाएको हाँस्य टिभी सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ को प्रदर्शन मिति घोषणा गरिएको छ।   फिल्म आउँदो महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति...

सुहाङ नेम्वाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

२६ बैशाख २०८१, बुधबार ०७:०१

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउनेछन् । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा...

नेपाल टेलिकमका पूर्व हाकिमले भ्रस्टाचार गरेको ठहर: २३ करोड जरिवाना, ९ वर्ष जेल

२६ बैशाख २०८१, बुधबार ०६:५७

विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका सुनिल पौडेललाई नौ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उनीविरुद्ध नौ वर्षको कैद सजायको उक्त फैसला गरेको हो । उनलाई २३ करोड...

एन्फा अध्यक्षलाई खेल मन्त्रीको निर्देशन: ५ दिनभित्र हिसाबकिताब मिलाउनु, नत्र राम्रो हुन्न

२६ बैशाख २०८१, बुधबार ०६:४९

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण गरेका छन्। दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलबार रंगशालाको निरीक्षण गरेका हुन्। उनले (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग के कारणले दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाएको भन्दै प्रश्न गरेका...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

२२ बैशाख २०८१, शनिबार १७:१८

सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही...