३२ असार २०८१, सोमबार १९:०२
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काम गरेर देखाउन नसकेसम्म खादा–माला नलगाउने घोषणा गरेका छन् । सोमवार स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन् । मन्त्रालयबाट खादा र फूलमाला लिएर स्वागतकाे तयारी...
३२ असार २०८१, सोमबार ०७:३२
आज देशका केही स्थानरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको पनि महाशाखाले जनाएको छ। महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि...
३२ असार २०८१, सोमबार ०७:२७
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका...
३१ असार २०८१, आईतवार २१:२१
प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेट्न उनकै निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् । भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई दिएकी छन् । भण्डारी राजनीतिमा इन्ट्री...
३१ असार २०८१, आईतवार २०:५८
राष्ट्रपति कार्यालयले नवनियुक्ति प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो । पत्रअनुसार प्रधानमन्त्रीको शपथ सोमबार...
३० असार २०८१, शनिबार १५:५६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्री बन्ने भएका छन् । यसका लागि उनले हिजै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले...
२९ असार २०८१, शुक्रबार १२:०१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ। शुक्रबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा राख्ने विश्वासको मत प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद...
२९ असार २०८१, शुक्रबार ११:५७
काठमाडौँबाट गौर तर्फ आउँदै गरेको गणपति डिलक्स बसमा सवार ३ जनाले झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन्। बसमा सवार ३० जना यात्रुमध्ये २७ जना अझै बेपत्ता छन्। काठमाडौंबाट रौतहटको गौर तर्फ आउँदै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा...
२९ असार २०८१, शुक्रबार ०९:०९
चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ। बसमा चालकसहित ६५ रहेका बताइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स...