७ पुष २०८१, आईतवार

पत्रकार फुर्पा युरोपको सबैभन्दा अग्लो हिमालको चुचुरोमा


पत्रकार फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेकी छन् ।

उनले आइतबार बिहान पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ र उड्डयन क्षेत्रमा कार्यरत ओम्निका डंगोलका साथ उक्त हिमाल आरोहण गरेकी हुन् ।

पत्रकारिता क्षेत्रमा करिव तीन वर्षदेखि सक्रिय शेर्पाको यो पहिलो हिमाल आरोहण हो । यसअघि सगरमाथाको आधार शिविरसम्म पुग्न सफल उनले अन्य हिमालहरु पनि क्रमसः आरोहण गर्ने बताएकी छन् ।