३ असार २०८३, मंगलवार

विपक्षीले प्रधानमन्त्रीलाई यसै नछाड्ने: सीमासम्बन्धी अभिव्यक्तिमा संसद्‌मा फेरि हङ्गामा


प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रामक रूपमा प्रस्तुत भएका छन्। विपक्षीले यो मुद्दामा प्रधानमन्त्रीलाई यसै नछाड्ने संकेत दिँदै आजको बैठकमा पनि कडा विरोध जनाएका छन् र सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त धारणा संसद्को रेकर्डबाट हटाउनुपर्ने मागलाई आज पनि जोडदार रूपमा दोहोर्‍याएका छन्।

केवल विरोधले पुग्दैन, स्पष्ट जवाफ चाहिन्छ’
​बैठकमा बोल्दै नेकपा सांसद प्रमेश हमालले गत जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाए। “नेपालले भारतको भूमि मिचेको छ” भन्ने आशयको प्रधानमन्त्रीको भनाइप्रति संसद्को ध्यान आकर्षण गराउँदै उनले यस विषयमा सरकारको आधिकारिक धारणा के हो भनी प्रश्न गरे।
​सांसद हमालले प्रधानमन्त्रीबाट यस्ता गैरजिम्मेवार अभिव्यक्ति निरन्त आइरहेको भन्दै आक्रोश पोखे।उनले भने:हरेक पटक केवल विरोध मात्र गरेर पुग्दैन। विरोध गर्ने र फेरि त्यही शैली दोहोरिने परिपाटीको अब अन्त्य हुनुपर्छ। सरकारले यसको ठोस जवाफ दिनैपर्छ।”

ताजा समाचार