५ भाद्र २०८३, बिहीबार

२६२२ को विन्दुमा अड्कियो नेप्से, ३४६ कम्पनी जुध्दा १५० लाई नोक्सानी


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार मुख्य परिसूचकमा खासै ठूलो उतारचढाव नदेखिई स्थिर प्रायः बन्द भएको छ। मंगलबार २६२२.४८ विन्दुमा रोकिएको नेप्से यसदिन सामान्य ०.२६ अंकले घट्दै २६२२.२२ विन्दुमा कायम भयो। परिसूचक स्थिर रहे पनि लगानीकर्ताको पर्ख र हेरको अवस्थाका कारण सेयर कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ।

अघिल्लो दिन ५ अर्ब ७ करोड रूपैयाँ बराबरको सेयर खरिद-बिक्री भएकोमा यसदिन कारोबार रकम खुम्चिएर ३ अर्ब २९ करोड रूपैयाँमा सीमित हुन पुग्यो। दिनभर ३४६ वटा धितोपत्रका ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच भए। समग्रमा कारोबारमा आएका ११० कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घट्यो भने बाँकी १८ कम्पनीको मूल्य अपरिवर्तित रह्यो।

उतारचढावका बीच माउन्ट एभरेस्ट पावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर ६९३ रूपैयाँ ६० पैसा र सर्वोत्तम पेन्ट्सको मूल्य १४.९८ प्रतिशतले बढेर ६०३ रूपैयाँ २० पैसा पुग्यो। अर्कातिर, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशतले घटेर २५९ रूपैयाँ तथा सनराइज ब्ल्यूचिप फण्डको मूल्य ३.७० प्रतिशतले घट्न पुग्यो।

रकमका आधारमा साहस ऊर्जा शीर्ष स्थानमा रहँदै १७ करोड ५२ लाख रूपैयाँ (प्रतिकित्ता ७०१ रूपैयाँ, २.४० प्रतिशत वृद्धि) बराबरको सेयर कारोबार भयो भने सोलु हाइड्रोपावर १६ करोड ८८ लाख रूपैयाँसहित दोस्रो स्थानमा रह्यो। क्षेत्रगत आधारमा हेर्दा कारोबारमा आएका १३ समूहमध्ये ५ वटाको सूचकमा हरियाली छायो भने बाँकी ८ वटाको सूचक रातोमा बन्द भयो।

 

ताजा समाचार