३ मंसिर २०८३, मंगलवार

कर दिवस २०८३: राजबहादुर शाह लगातार चर्चामा, सर्वाधिक कर तिर्ने व्यक्तिको रूपमा फेरि सम्मानित


सरकारले हरेक वर्षझैँ यस वर्ष पनि मङ्सिर १ गते मनाइएको राष्ट्रिय कर दिवसको अवसर पारेर देशका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आयोजना गरेको विशेष समारोहमा विभिन्न विधागत क्षेत्रबाट उत्कृष्ट योगदान पुर्‍याउने संस्था तथा व्यक्तिहरूलाई कदरपत्र प्रदान गरिएको हो। यसपटक संस्थागत आयकरतर्फ सबैभन्दा बढी कर दाखिला गरी सूर्य नेपाल प्रालि शीर्ष स्थानमा पर्न सफल भएको छ भने व्यक्तिगत आयकरतर्फ राजबहादुर शाहले लगातार आफ्नो वर्चस्व कायम राख्दै उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेका छन्।

व्यक्तिगत तथा संस्थागत करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा सूर्य नेपाल र राजबहादुर शाहसहित विभिन्न १९ भन्दा बढी व्यापारिक निकाय तथा कम्पनीहरू सम्मानित भएका छन्। यस किसिमको सम्मानले नागरिक तथा व्यापारिक संस्थाहरूलाई समयमै स्वेच्छिक रूपमा कर तिर्न प्रेरित गर्नुका साथै देशको अर्थतन्त्र र राजस्व संकलनलाई थप बलियो बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

ताजा समाचार