१९ आश्विन २०८३, आईतवार

बेगनास तालमा डुबेर युवकको मृ’त्यु, २५ फिट तलबाट निकालियो श’व


पोखरा महानगरपालिका-३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक युवकको मृत्यु भएको छ।

सल्यान घर भई हाल पोखरा महानगरपालिका-१४ खसीबजार बस्दै आएका २४ वर्षीय नरेश विकको तालमा डुबेर ज्यान गएको हो। नुहाउने र पौडी खेल्ने क्रममा उनी तालमा बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहका अनुसार तालमा युवक बेपत्ता भएको खबर प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि तत्कालै टोली खटाइएको थियो।

कालिका गणबाट साँझ ५:५५ बजे सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमान्डमा गोताखोरसहित ११ जनाको टोली घटनास्थल पुगेको थियो।

खोजी कार्यमा खटिएका गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ ७:०० बजे तालको करिब २५ फिट पानीमुनिबाट विकलाई मृत अवस्थामा निकालेका हुन्।

 

ताजा समाचार