९ पुष २०८१, मंगलवार

यी हुन् नेपाल र भारतबीच भएका ७ सम्झौता


भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा दुवै देशबीच विभिन्न विषयमा सम्झौता भएको दुवै प्रधानमन्त्रीले बताए ।

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

यी हुन् ७ सम्झौता –

१-नेपाल भारत पारवहन सम्झौता नवीकरण

२-सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पुर्‍याउने

३- परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने

४-चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने

५-तल्लो अरुणको पिडिए गर्ने

६- फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने

७-डिजिटल पेमेन्ट सम्झौता