सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाहरुले गत आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट आफ्ना फण्डका ईकाइधनीहरुलाई वितरण गर्ने प्रतिफलका लागि बुक क्लोज मिति तय गरेका छन्।
फण्डहरुले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज गर्ने घोषणा गरेका छन तसर्थ, भदौ १२ गतेसम्म कारोबार गरि कायम इकाइधनीले फण्डहरुले बितरण गर्ने प्रतिफल सुरक्षित गर्न सक्नेछन्।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले आफ्ना इकाईधनीहरुलाई कर सहित ६.५ प्रतिशत नगद प्रतिफल र सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुका लागि करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।