७ पुष २०८१, आईतवार

गार्डियन माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, कहिले गर्ला ?


ipo

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

त्यसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ।