१० असार २०८३, मंगलवार
   Aarthik Wave

बंगलादेशविरुद्ध भारत २८० रनले विजयी

७ आश्विन २०८१, सोमबार १७:१२

भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो । भारतको जितमा आर आश्विनले ६ विकेट लिदै...

साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

७ आश्विन २०८१, सोमबार १७:११

साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान...

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस उडे, हेडक्वार्टर सम्हाल्ने जिम्मेवारी कसले पाए?

७ आश्विन २०८१, सोमबार १४:०१

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसनको आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं इन्टरनेसनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका...

इजरायल र हिजबुल्लाहको विवाद के हो ?

७ आश्विन २०८१, सोमबार १३:५५

सेप्टेम्बर १७, स्थानीय समय ३: ३० बजे लेबनानमा एकपछि अर्को विष्फोट हुन थाल्यो, जुन करिब एक घण्टासम्म जारी रह्यो । यी विष्फोटहरूको विधि सामान्य थिएन, इतिहासमा पहिलो पटक पेजरहरूमा विस्फोटहरू भइरहेका थिए । मिडिया रिपोर्टका अनुसार यी विष्फोटहरूको उद्देश्य केही...

श्रीलंका: राष्ट्रपति निर्वाचनबारे तपाइँले थाहा नपाएका यी ४ कुराहरु

७ आश्विन २०८१, सोमबार १३:४१

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन् । ५५ वर्षीय दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन्। पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । यस राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत...

०८४ मा एकल बहुमत ल्याउन एमालेले बनाएको कार्ययोजनामा के छ? (पूर्णपाठसहित)

२ आश्विन २०८१, बुधबार १६:३१

२०८४ मा हुने आम निर्वाचनमा एकल बहुमत ल्याउने लक्ष्यसहित सत्तारुढ नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार गरेको छ । जसमा पार्टी संगठन निर्णदेखि प्रचार प्रसार र अभियानको विषयमा बुँदागतरुपमा कार्यक्रम बनाइएको छ । कुन कार्यक्रम कसरी गर्ने, कुन अभियान कहिलेदेखि चलाउने,...

आजदेखि सोह्र श्राद्ध सुरू

२ आश्विन २०८१, बुधबार १६:२६

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण...

राप्रपाको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका २० युवा मनोनित

२ आश्विन २०८१, बुधबार १६:२४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्यमा ४० वर्षमुनिका २० युवा मनोनित भएका छन् । राप्रपाको नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्य मनोनित गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । पार्टीका वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति...

मेयर साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप

२ आश्विन २०८१, बुधबार १६:२३

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बडालले १ करोड ३० लाख रुपैयाँ साहले घोटाला गरेको...

ताजा समाचार