नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिलेसम्म चार म्याच भएका छन् । यीमध्ये आज (मंगलबार) को पहिलो खेलमा सबैभन्दा ठूलो स्कोर बनेको छ ।
अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रन बनायो, जुन जारी प्रतियोगितामा सबैभन्दा ठूलो स्कोर हो । यसअघि कुनै पनि टिमले १ सय ५० को स्कोर पुर्याउन सकेको थिएन । तर, सुदूरपश्चिमले १ सय ८२ पुर्याएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरले १९ ओभरमा अलआउट हुँदै जनकपुरलाई १ सय २७ रनको लक्ष्य दिएको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवनलाई १ सय १२ रनको चुनौती दिएको थियो भने तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको थियो । चौथो खेलमा सुदूरपश्चिमले १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको हो । शिलापत्र।