१७ पुष २०८१, बुधबार

१८ करोड काण्डमा परेपछि आयल निगमका पूर्वहाकिम गोपाल समातिए, सबै सम्पति जफत हुने


नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहरिएपछि अदालतले जेल चलान गर्न आदेश दिएको छ

शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकेको छ । साथै  जग्गा, बैंकमौज्दात र सेयर जफत पनि हुने भएको छ । गर्न विशेष अदालतले आदेश दिएको छ ।