११ पुष २०८१, बिहीबार

प्रतिनिधि सभामा एमालेको नाराबाजीपछि संसद २ दिनका लागि स्थगित


नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी सुरु गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।

तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए ।

सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् ।

त्यसपछि सभामुखले आजको कार्यसूचीमा रहेका सबै विषय हटाएर प्रतिनिधि सभाको बैठक आगामी शुक्रवार सम्मका लागि स्थगित भएको जानकारी दिए ।