राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्न लागेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले बैठक बिहान ११ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्ने जानकारी दिए ।