७ पुष २०८१, आईतवार

ढल्यो खगराज नेतृत्वको गण्डकी सरकार, काँग्रेसका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश


गण्डकी सरकार ढलेको छ ।

सर्वोच्च अदालतले आज सोमबार मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको सरकार ढलेको घोषणा गरेको हो ।
सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको हो ।

अदालतले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकी संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने थियो ।