चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.४६ प्रतिशत अर्थात ३९.७० अंकले बढेर २ हजार ७५६.३६ विन्दुको उचाईमा पुगेको छ ।
बुधबार ३१६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता सेयर ८९ हजार पटक खरिद बिक्री हुँदा नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० को कारोबार भएको छ । आज कारोबारमा आएका सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।