
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
थुनछेक बहसपछि एक न्यायाधीशले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जानकारी दिए ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।
यसअघि जिल्ला अदालत कास्कीले सुर्यदर्शनको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो।