९ चैत्र २०८२, आईतवार

लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

थुनछेक बहसपछि एक न्यायाधीशले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जानकारी दिए  ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको संयुक्त रूपमा ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

यसअघि जिल्ला अदालत कास्कीले सुर्यदर्शनको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो।