३ असार २०८२, सोमबार

‘आमाजस्तै गल्ती नगर्नु, कम उमेरमा बिहे नगर्नु’


अहिलेका युवायुवतीहरू करियर र जागिरलाई लिएर निकै गम्भीर हुने गरेका छन्। त्यसैले विवाहलाई पछि सार्ने चलन बढ्दो छ। अधिकांशले ३० वर्ष नपुग्दासम्म बिहे गर्न चाहँदैनन्। तर यतिबेला सिंगापुरबाट आएको एक घटना भने यथार्थमै अचम्मको छ—जसमा एक महिला ३४ वर्षमै दादी बनेकी छिन्।

सिंगापुरकी अनलाइन इन्फ्लुएन्सर शर्ली लिङ अहिले ३५ वर्षकी भइसकेकी छन्। उनी एक चिकन हटपोट रेस्टुराँ चलाउँछिन् र उनका इन्स्टाग्राममा १७,००० भन्दा बढी फलोअर्स छन्। उनी सन् २०२२ मा प्रदर्शन भएको सिंगापुरेली फिल्म ‘Ah Girls Go Army’ मा अभिनय गरेपछि चर्चामा आएकी थिइन्।

शर्लीको १७ वर्षको उमेरमै पहिलो सन्तान जन्मिएको थियो। हाल उनका ५ जना सन्तान छन्—दुई छोरा र तीन छोरी। सबैभन्दा ठूलो छोरा हाल १८ वर्षको भइसकेको छ र उसले १७ वर्षको उमेरमै बाबु बनेको हो।

शर्लीले भनेकी छन्, “जब बच्चा ठूला हुँदै जान्छन्, बारम्बार सम्झाउनुपर्छ—‘आमाजस्तै गल्ती नगर्नु, कम उमेरमा बिहे नगर्नु’। तर जतिसारो सम्झाउँछौं, उति नै उनीहरू त्यही गर्छन्।”

शर्लीले छोरालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनका अन्य सन्तानको उमेर क्रमशः १७, १३, १० र ८ वर्ष रहेको छ।

शर्लीको हालसम्म तीन पटक विवाह भइसकेको छ।