२८ जेष्ठ २०८२, सोमबार

ज्येष्ठ नागरिक भत्ताको उमेर ७० पुग्यो


सरकारले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको छ। अर्थमन्त्री पौडेलले वृद्धभत्ताको उमेर ७० वर्ष पुर्‍याउने बताए।

यस्तो भत्ता पाइरहेका दुर्गम क्षेत्र र लक्षित वर्गका लागि भने उमेर यथावत् राखिएको छ ।

तीन वर्षअघि वृद्धभत्ताका लागि उमेरहद ७० बाट ६८ वर्षमा झारिएको थियो।