
भदौ २३ र २४ गतेका विनाशकारी घटनाको मनोवैज्ञानिक प्रभाव नेप्सेमा स्पष्ट देखियो । बजार खुलेको दुई मिनेटमै ४ प्रतिशतले ओरालो लागेपछि लगानीकर्तामाझ त्रास फैलियो । रोकिएको कारोबार फेरि खुले पनि गिरावट रोकिएन । कुल ६ प्रतिशतसम्म परिसूचक खस्किएपछि अन्ततः बिहीबारको कारोबार पूर्ण रूपमा स्थगित गर्नुपर्यो ।
सबै समूहमा नकारात्मक असर पर्यो । विशेषगरी व्यापार समूह ९.३४ प्रतिशतले पातालमा पुगेको छ भने अन्य, होटल तथा पर्यटन र लगानी समूहहरू पनि क्रमशः ७.४८, ७.२४ र ७.१८ प्रतिशतले खस्किए । बीमा क्षेत्रमा समेत ठूलो दबाब देखियो, जसमा हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा मुख्य प्रभावित बने ।