नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै नेता गगन थापाले देश र समाजको समसामयिक अवस्थाबारे गम्भीर कुरा राखेका छन्। उनले अहिले समाजमा त्रासको वातावरण रहेको र देशलाई खुलामञ्चको महत्वपूर्ण आवश्यकता रहेको बताएका छन्।
सरकार र देशको विकासबारे बोल्दै थापाले ६ महिनाको सरकारलाई मात्रै ठूलो भारी बोकाउन नहुने तर्फ इशारा गरेका छन्। नागरिकहरूले अचेल केवल आश्वासन होइन, बल्कि प्रयोगात्मक ‘डेलिभरी’ र ‘डिग्निटी’ (मर्यादा) खोजी रहेको उनको जोड थियो। “आजभन्दा भोली देश राम्रो हुन्छ कि हुँदैन भन्ने विश्वास नागरिकले चाहना गरिराखेका छन्,” उनले थपे।
कांग्रेस पार्टीको भित्री सन्देश दिँदै नेता थापाले नेपाली कांग्रेसको दुश्मन अरू कोई पनि नभएको र पार्टीभित्रै सुधार गर्नु पर्ने बताए। बद्लिएको कांग्रेसले मात्रै नेपाललाई बद्लने क्षमता आर्जन गर्न सक्छ भन्ने दृढ विश्वास लिएर यो महाधिवेशनबाट अगाडि बढ्नु पर्ने उनको जोड थियो। यो महाधिवेशन केवल औपचारिकता नभई पार्टी नवीकरणको एउटा नयाँ सुरुआत हो भन्ने सन्देश उनले दिए।