१९ आश्विन २०८३, आईतवार

लगानी विस्तार गर्न बलेफी हाइड्रोपावरले स्थापना गर्यो ‘बीएचएल इन्भेष्टमेन्ट’, पहिलो चरणमा १ करोड लगानी गर्ने


बलेफी हाइड्रोपावर लिमिटेडले लगानीको दायरा फराकिलो बनाउने उद्देश्यले बीएचएल इन्भेष्टमेन्ट लिमिटेड नामक नयाँ सार्वजनिक सहायक कम्पनी स्थापना गरेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको यस नयाँ संस्थाको अधिकृत पुँजी ५० करोड र जारी पुँजी २ करोड ५० लाख रुपैयाँ तोकिएको छ।

नयाँ कम्पनीको मागअनुसार गत असोज १५ गते बसेको बलेफीको सञ्चालक समिति बैठकले कुल २ करोड रुपैयाँको प्रतिबद्धतामध्ये पहिलो चरणमा १ करोड रुपैयाँ भुक्तानी गर्ने निर्णय गरिसकेको छ। बाँकी रकम भने आवश्यकता र परियोजनाको प्रकृति हेरी क्रमशः लगानी गर्दै जाने कम्पनीको योजना रहेको छ।

हाल सिन्धुपाल्चोकमा ३६ मेगावाट क्षमताको अपर बलेफी ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको यस हाइड्रोपावरले अब प्रत्यक्ष जलविद्युत निर्माणबाहेक अन्य सम्भाव्य क्षेत्र, नयाँ आयोजनाको पहिचान र अन्य व्यावसायिक सहकार्यमा समेत आफ्नो पुँजी परिचालन गर्ने बाटो खुलाएको छ।

ताजा समाचार