नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका नयाँ सिक्का छाप्ने प्रक्रिया अगाडि बढाएको छ । राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको हो ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार सिक्का छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ । १ रुपैयाँ दरका नयाँ सिक्का छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरूलाई आग्रह गरिएको छ ।
इच्छुक कम्पनीले आउँदो नोभेम्बर २ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन् । राष्ट्र बैंकको थापाथलस्थित बैंकिङ विभागमा पेस बोलपत्र गर्नुपर्ने सूचनामा उल्लेख छ ।