धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा शनिबार राति भीषण सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। तीव्र गतिमा रहेका दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा अन्य तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पौडेश्वरबाट तेतरियातर्फ आउँदै गरेको ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको म.प्र.०२–००९ प ११५७ नम्बरको मोटरसाइकल शनिबार राति करिब १० बजे आपसमा जुधेका थिए।
दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको अवस्था निकै गम्भीर रहेको र एक जनाको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।