३ कार्तिक २०८३, आईतवार

फिक्कलमा सुमो दुर्घटना: तीन जनाको मृत्यु, तीन जना नदीमा बेपत्ता


काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको यात्रुवाहक सुमो सिन्धुलीमा दुर्घटनाग्रस्त भई सुनकोसी नदीमा खसेको छ।

फिक्कल गाउँपालिका–६ स्थित मध्यपहाडी लोकमार्ग/सडकखण्डबाट सुमो नदीमा खस्दा कम्तीमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

​चालकसहित १० जना सवार उक्त सुमोमा रहेका अन्य यात्रुहरूको उद्धार तथा बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ।

दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिहरूको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरी र स्थानीयवासीको टोली उद्धारमा जुटिरहेको छ।

ताजा समाचार