२८ कार्तिक २०८३, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतको संशोधित कैदीपुर्जीपछि टोपबहादुर रायमाझी थुनामुक्त


काठमाडौं । उमेरको हदबन्दी र ज्येष्ठ नागरिकसम्बन्धी कानुनी प्रावधानको लाभ उठाउँदै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका रायमाझी ६५ वर्ष पूरा भएपछि प्राप्त हुने कानुनी सुविधाअनुसार बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

रायमाझी स्वयंले ज्येष्ठ नागरिकले पाउने कैद छुट तथा रिहाइको सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले प्रचलित कानुनी व्यवस्थाबमोजिम उनलाई थुनामुक्त गर्न डिल्लीबजार कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।

कारागार कार्यालयका अनुसार अदालतबाट तिहारअघि नै संशोधित कैदीपुर्जी प्राप्त भइसकेको थियो । कानुनी प्रक्रिया पूरा भएपछि सोही संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई बिहीबार बिहान कारागारबाट मुक्त गरिएको हो । योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एक उच्चपदस्थ राजनीतिक व्यक्तित्व उमेरगत सुविधाका कारण बाहिर निस्किएका छन् ।

ताजा समाचार