काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा दिउँसो ३ः३० बजे शेयर बाँडफाँट हुने भएको हो ।
कम्पनीकाे आईपीओमा आवेदन दिने सबैले १० कित्ताका दरले सेयर पाउनेछन् भएका छन् भने केहीले १० कित्ताभन्दा बढी सेयर पाउने भएका छन् । मागभन्दा आवेदन कम परेकाे कारण सबैले पाउने भएका हुन् ।
निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख ७३ हजार ८३९ आवेदकबाट कुल २ करोड ५४ लाख २० हजार ३२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.६८ गुणाले बढी हो। तर, आवेदकको संख्या कम रहेको थियो।
कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। तर, ठूलो परिमाणमा फर्जी आवेदन परेपछि असार ४ गते नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्ने भन्दै स्थगित गरेको थियो। तर, पछि फेरि धितोपत्र बोर्डले यो आईपीओको निष्कासन प्रक्रिया फुकुवा गरेको थियो। यो आईपीओमा पछि असार २५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।