७ पुष २०८१, आईतवार

मंगलबार घट्यो नेप्से, यी हुन् सबैभन्दा बढी फाइदा र घाटा खाने कम्पनी


मंगलबार नेपाली बजारमा शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।

नेसे आज  चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको छ ।

आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ मा झरेको नेप्सेको तथ्यांकले जनाएको छ ।

मंगलबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव २० प्रतिशतले बढेको छ ।

त्यस्तै सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य चार दशमलव ६० प्रतिशतले घटेको छ ।