२८ भाद्र २०८२, शुक्रबार

एसईई नतिजा : चित्त नबुझे, कहाँ जाने के गर्ने?


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझेको विद्यार्थीलाई पुनर्योग (रिटोटलिङ) का लागि आवेदन खुलाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले आइतबार सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुलाएको हो । लागि २३ असार बेलुका ५:०० बजेसम्ममा आवेदन दिन सक्ने छन् ।

कसरी दिने आवेदन ?

१.  exam.neb.gov.np/see मा गएर student payment मा जाने ।

२. पोर्टलमा गएपछि सिम्बोल नम्बर र जन्म मिति राख्ने अप्सन देखिन्छ । तर सिम्बोल नम्बर राख्दा अल्फाबेट नराखी नम्बर मात्र राख्नु राख्ने ।

३. निर्देशानुसार अगाडी बढ्ने

त्यसपछि आउने नतिजा वेबसाइटमा नै गएर हेर्न सकिन्छ ।

गत शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको थियो ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५९७ रहेको छ ।

 

ताजा समाचार