२६ श्रावण २०८३, सोमबार

शिक्षाका सहसचिवहरुको जिम्मेवारी हेरफेर


सिंहदरबारमा सत्ता समीकरण फेरिएसँगै शिक्षा मन्त्रालय र यस मातहतका रणनीतिक निकायहरूमा प्रशासनिक हेरफेरको शृङ्खला सुरु भएको छ। मन्त्रालयले आफ्ना प्रमुख महाशाखा, विभाग तथा आयोगहरूमा कार्यरत आठ जना सहसचिवहरूलाई एकैपटक सरुवा गर्दै नयाँ टिम खटाएको हो।

यससँगै मन्त्रालयको मेरुदण्ड मानिने योजना महाशाखामा श्रीप्रसाद भट्टराई र विद्यालय शिक्षा महाशाखामा शिवकुमार सापकोटालाई ल्याइएको छ भने ओ एण्ड एम (O&M) बाट खारेज भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा विभागको उपमहानिर्देशकमा थुपारिएको छ।

नेतृत्व खाली भएका र अन्य महत्त्वपूर्ण निकायहरूमा पनि व्यापक अदलबदल गरिएको छ। युवराज पौडेलको राजीनामाले रिक्त पाठ्यक्रम विकास केन्द्रको महानिर्देशकमा महेन्द्र पराजुली आएका छन् भने चिकित्सा शिक्षा आयोगका बसन्तप्रसाद कोइरालालाई विभागमा तानेर उनको ठाउँमा हरिप्रसाद निरौलालाई पठाइएको छ।

यद्यपि, निरौला बाहिरिएपछि शिक्षक सेवा आयोग भने नेतृत्वविहीन बनेको छ। यता शैक्षिक गुणस्तर परीक्षण केन्द्रका जयराम अधिकारी र प्राविधिक शिक्षाका चन्द्रकान्त भुसालको जिम्मेवारी भने आपसमा साटिएको छ।

ताजा समाचार