२६ श्रावण २०८३, सोमबार

हप्ताको सुरुमै सेयर बजारमा मन्दी: लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ६६ करोड


साताको दोस्रो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। कारोबार समयभरजसो उतारचढावका बीच रातो घेरामा परेको नेप्से सूचक ९.०४ अंकले ओरालो लाग्दै २६४१ अंकमा ओर्लिएको छ। अघिल्लो दिन पनि ४.०५ अंकले घटेको बजारमा लगातार तेस्रो दिन मन्दी छाएको हो। सूचकसँगै खरिद-बिक्री रकममा पनि सामान्य गिरावट आई अघिल्लो दिनको ३ अर्ब ७७ करोडको तुलनामा आज ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये १७९ वटाको सेयर मूल्य ओरालो लाग्दा ८२ वटाको बढेको छ भने १५ कम्पनीको मूल्य स्थिर रह्यो। सूचक घटे पनि अधिकांश समूहको उतारचढाव भने १ प्रतिशतभन्दा कमैमा सीमित देखियो। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल, लगानी, जीवन बीमा र व्यापार जस्ता मुख्य उपसूचकमा मन्दी आउँदा जलविद्युत्, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा भने झिनो सुधार दर्ज भएको छ।

समूहगत कारोबारको आधारमा हेर्दा आज पनि जलविद्युत् (हाइड्रोपावर) समूहकै वर्चस्व कायम रह्यो, जसको एक्लै १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद-बिक्री भएको छ। यसका साथै उत्पादन तथा प्रशोधन समूहको ३७ करोड, वाणिज्य बैंकहरूको ३३ करोड र विकास बैंक समूहको ३० करोड रुपैयाँ बराबरको सेयर कारोबा

ताजा समाचार