सप्तकोशी नदीमा आइतबार दिउँसो मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना बेपत्ता छन् ।
आज आइतबार दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटरबोट दुर्घटना भएको हो । सो मोटरबोट भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा दुर्घटना भएको हो ।
मोटरबोटमा कति यात्रु सवार थिए भन्ने अझै यकिन भएको छैन । ११ जनाले टिकट काटेको भनिए पनि जम्मा १६ जना सवार रहेको बुझिएको छ । जसअनुसार बेपत्ता हुनेको संख्या ५ जना रहेको आशंका छ ।
सो स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट ५ गोताखोरसहित ९ जना, सुरक्षा बेश रामपुरबाट २ डीएमसहित ६ जना र विपद् व्यवस्थापन बेश चतराबाट ५ डीएमसहित ९ जनाको टोली खटिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।