पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना भएको ग्लोबल गभर्नेन्स् फोरममा सहभागी भएर आज स्वदेश फर्किएकी छन्।
स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिएकी हुन्।
यही अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको उक्त सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ भन्ने मूल नारा रहेको उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठकहरू सञ्चालन भएका थिए।