तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठนकाे गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको उतारचढावका कारण सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको छ भने चाँदी पनि तोलामा १५५ रुपैयाँले सस्तो भएको छ।
महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम गरेको छ, जुन यसअघि सोमबार २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो। त्यसैगरी, सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ७ सय रुपैयाँमा झरेको छ। तिहारको बिदापछि शुक्रबार मात्रै मूल्य समायोजन हुँदा सुनचाँदी किन्ने उपभोक्ताले केही राहत महसुस गरेका छन्।