सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १२ करोड ३५ लाख ८६ हजार रुपैयाँको तुलनामा १५.२० प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी १४.८९ प्रतिशतले वृद्धि भई ७२ करोड १४ लाख १२ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको पहिलो त्रैमासमा ६२ करोड ७९ लाख ४० हजार रुपैयाँ थियो । आम्दानीसँगै होटलको कुल खर्च पनि १४.३३ प्रतिशतले बढेर ५५ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४८ करोड ३८ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
हाल १ अर्ब १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको होटलको सञ्चित नाफा तथा जगेडा कोषमा २ अर्ब ३४ करोड ३ लाख ७४ हजार रुपैयाँ सञ्चित छ । वित्तीय विवरणअनुसार होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसा, प्रतिसेयर नेटवर्थ २९ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ४२९.२० गुणा रहेको छ ।