१७ मंसिर २०८२, सोमबार

राजनीति

सभापति लामिछाने आज पुनः अदालतमा उपस्थित हुने

२९ पुष २०८१, सोमबार ०९:२७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) पुनः अदालतमा उपस्थित हुने भएका छन्। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो। हिजो थुनछेक बहस...

कांग्रेस–एमाले गठबन्धनमा खटपट, सरकारको आयु धेरै लामो नजाने संकेत

२६ पुष २०८१, शुक्रबार ११:१४

सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच असन्तुष्टि बढ्दै गइरहेको छ । दुई दलबीच दूरी बढेसँगै सरकार हेरफेरको चर्चासमेत सुरु भएको छ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा पछिल्लो समय असन्तुष्टि बढेको...

६५ लाख धरौटीमा पोखराबाट छुटेका लामिछाने आज बबहरमल जाने

२६ पुष २०८१, शुक्रबार ११:१०

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता...

पूर्वडीआईजी जोशीलाई धरौटीमा छाड्न आदेश

२५ पुष २०८१, बिहीबार १८:१३

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

२५ पुष २०८१, बिहीबार १८:०७

जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । त्यस्तै सहकारी...

सहकारी प्रकरण: १२ सय ३७ चेकमध्ये रविले काटेका मात्रै ८२०

२५ पुष २०८१, बिहीबार ११:००

सहकारी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्वसभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फरेन्सिक परीक्षणबाट प्रमाणित भएको छ । झन्डै ४ महिनाअगाडी सहकारी बचत रकम छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि...

ओलीले कुलमानलाई हटाए माओवादीले यसै नछाड्ने, सडक आन्दोलन गर्ने

२३ पुष २०८१, मंगलवार १३:३७

काठमाडौँ । नेकपा माओवादीले अहिलेको सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए सडक आन्दोलनमा निस्कने बताएको छ । केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।...

कुलमान सबैभन्दा जान्ने, सरकारले भनेको नमान्ने?

२२ पुष २०८१, सोमबार २३:२५

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो । कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था...

रवि लामिछानेले कसलाई किन पठाएका थिए रेमिट्यान्स मार्फत ७५ लाख विदेश ?

२२ पुष २०८१, सोमबार १६:२०

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार देखिएको छ । प्रहरीका...